काठमाडौं । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिट उपर आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुनेगरी प्रधान न्यायाधीशले मुद्दाको पेशी तोकेका छन् ।
रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएर ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सरकारले दिएको जल तथा ऊर्जा आयोगको पूर्णकालीन सदस्यमा नियुक्त शाक्यले सो नियुक्ति अस्वीकार गर्दै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कायम रहेको दावी गरेका छन् ।
कार्यकारी निर्देशक भएर पनि उनले अहिलेसम्म उपकार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छैनन् ।