• बुधबार, साउन १३ २०८३

एमालेको विरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित


मंगलबार, भाद्र १ २०७८
765
Shares


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुद लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्तर्गत मंगलबार शुरु भएको पहिलो बैठक केही बेर शुरू भएर स्थगित भएको छ।

सांसद अजय बहादुर शाही र विमला वलीको बिषयमा निर्णय लिन दवाव दिँदै एमालेले बैठकमा अवरोध गरेको हो ।

दिउँसो १ बजेको लागि डाकिएको बैठक विवादका कारण साढे दुई शुरु भएको थियो ।

आजको बैठकमा सभामुख पुर्ण बहादुर घर्तीले प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाउँदै भोलि १ बजेसम्म स्थगित गरेका थिए ।

सभामुखले बैठकको कारवाही अगाडी बढाउँदै गर्दा एमालेका सांसदहरुले अवरोध गरिरहेका थिए ।

आज बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सम्वोधन गर्नेदेखि विभिन्न विधेयक पेश गर्ने कार्यसूची रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार