• शनिबार, असोज १० २०८३

प्रदेश २ का प्रमुख राजेश झा पदमुक्त


मंगलबार, भाद्र १ २०७८
1K
Shares

काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार झालाई बर्खास्त गर्दै मिश्रलाई मंगलबार नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सरकारले पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता मिश्रलाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेसँगै राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरेको प्रवक्ता जगन्नाथ पन्तले जानकारी गराएका छन्।

यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई हटाएर झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार