• बुधबार, साउन १३ २०८३

अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्दार गर्ने सरकारको निर्णय


सोमबार, साउन ३२ २०७८
640
Shares

sf7df8f}F, $ ;fpg . k|wfgdGqL z]/axfb'/ b]pjfsf] cWoIftfdf k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no l;+xb/af/df ;f]daf/ a;]sf] dlGqkl/ifbsf] a}7ssf ;xefuL . t:jL/ M /f]zg ;fksf]6f, /f;;


काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको छिटो उद्दार गर्ने निर्णय गरेको छ ।

सोमबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुको सकुशल रूपमा छिटो उद्धार गर्ने निर्णय भएको हो ।

उक्त निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाढि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

अफगानिस्तानमा विद्रोही समूह तालिबानले कब्जा जमाएपछि राजधानी काबुलमा भयको वातावरण छ ।

त्यहाँ करिब १५ सय नेपालीहरु रहेको अनुमान छ । उनीहरुको अवस्था थाहा हुन नसकेकाले सम्पर्कमा आउन सरकारले आह्वान गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार