गोरखा । शहिद लखन गाउँपालिकाको पहिलो आवाधिक योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठी शुरु भएको छ ।
आइतबारबाट सुरु भएको गोष्ठीमा पहिलो दिन गाउँपालिकाको वस्तुगत विवरण पेश हुनुका साथै राजनितिक दलहरुको सुझाव लिने काम भएको प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले जानकारी दिए ।


पुर्णिमा परियोजनाको सहयोग र गाउँपालिकाको साझेदारीमा सेमिड नेपाल नामक सस्थाले आवाधिक योजना निर्माण गर्न लागेको उनले बताए ।
गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा पहिलो दिन एमाले प्रदेश कमिटी सदस्य सुरेन्द्र थापा, गाउँ कमिटी अध्यक्ष मनोज जोशी, माओवादी केन्द्रका गाउँकमिटी सचिव ध्रुब खनाल, जनता समाजवादी पार्टीको गाउँ कमिटी उपाध्यक्ष मनोज श्रेष्ठ र पद्धती बिकास सेवा केन्द्रकी कार्यकारी निर्देशक कमला लामिछाने लगायतले आफ्नो सुझाव दिएका थिए ।
आज नेपाली काँग्रेस लगायत बाँकी राजनितिक दलका अन्य नेताहरु, स्थानीय बृद्धिजिवी, जनप्रतिनिधि लगायतको सुझाव लिने कार्यक्रम छ ।
