• शनिबार, असोज १० २०८३

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित तवरले स्वदेश फर्काउन सरकारसँग राप्रपाको माग


आइतबार, साउन ३१ २०७८
560
Shares


राप्रपाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।

तालिवानी विद्रोहीहरुको आक्रमण बढदै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको भन्दै राप्रपाका अध्यक्षत्रयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन माग गरेका हुन् ।

‘तालिवानी विद्रोहीहरुको आक्रमण बढदै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरुको सुरक्षाबारे राप्रपा चिन्तित रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार