काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रवृति अन्तिम चरणमा पुगेको क्यान्सर जस्तै भएको बताएका छन् ।
बुधबार सामाजिक सञ्चार ट्वीटरमार्फत भट्टराईले यस्तो बताएका हुन्। ‘ओलीप्रवृत्ती एउटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रनिम्ति खतरा र साझा मुद्दा हो। यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो। यो सच्चिन्छरसुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बॅाच्छ भन्नु उस्तै भ्रम हो।सबैको चेत खुलोस !,’ उनले भनेका छन्।