• बुधबार, साउन १३ २०८३

कुलमान घिसिङले गरे पदभार ग्रहण


बुधबार, साउन २७ २०७८
645
Shares


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।

घिसिङलाई आजै ऊर्जा सचिव देवेन्द्र कार्कीले ऊर्जा मन्त्री पम्फा भुसालको उपस्थितिमा नियुक्ति पत्र दिएका थिए ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको पत्र हिजो साँझ मात्र ऊर्जा मन्त्रालयमा आएको थियो ।

साविकका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने सरकारले जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित चार वर्षका लागि नियुक्त गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार