गोरखा । गोरखा नगरपालिकाकी उपप्रमुख विना कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिन अघिदेखी कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइतबार पिसिआर परिक्षणका लागी स्वाब दिएकोमा आज (मंगलबार) रिपोर्ट पोजेटिभ आएको उनले बतइन् ।
हाल उनी होम आइसोलेसनमा बसिरहेकी छिन् । अहिले रुघाखोकी बाहेक स्वास्थ्य अवस्था भने सामन्य रहेको उपप्रमुख श्रेष्ठले सिभिखबरलाई जानकारी दिइन् ।
यस्तै नगरपालिकाले सोमबारदेखी अत्यवश्यक बाहेक सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागी बन्द गरेको छ । नगरपालिकामा कार्यरत अधिकांश कर्मचारीसहित जनप्रतिनिधीहरुमा कोरोना देखिएपछि प्रेस विज्ञप्ति निकालेर सेवाहरु बन्द गरिएको जानकारी दिएका हुन् ।
