सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: ल्याउने तयारी गरेको छ ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव आज बस्ने मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरिरहेकी छिन् ।
मन्त्रिपरिषद्को बैठक आजै बोलाइएको छ । स्रोतका अनुसार हालका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गर्ने तयारी गरेको बुझिएको छ ।