• शनिबार, असोज १० २०८३

भूमि आयोग विघटनविरूद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी


सोमबार, साउन २५ २०७८
710
Shares


सर्वोच्च अदालतले सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चको वेवसाइटमा उल्लेख भएअनुसार अधिवक्ता प्रवेश केसी र आयोगका अध्यक्ष देवी ज्ञवालीले दिएका छुट्टाछुट्टै रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सोमबार यस्तो आदेश गरेको हो।

दुवै रिटमा उक्त इजलासले एउटै वेहोराको आदेश जारी गरेको छ।

भूमि आयोग विघटन गर्नुपर्ने कारण पनि पेश गर्न आदेश दिएको छ। साथसाथै अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई भदौ १ गतेका लागि छलफलमा बोलाएको छ।

‘सरकारले गत मंगलबार भूमि आयोग विघटन गर्ने निर्णय गरेको थियो। यो निर्णयविरूद्ध अधिवक्ता केसी र ज्ञवाली दुबैले सर्वोच्चमा निवेदन दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार