• बुधबार, साउन १३ २०८३

अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ ! : बाबुराम भट्टराई


सोमबार, साउन २५ २०७८
690
Shares


जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कोरोना जस्तै प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्ने बताएका छन् ।

पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्ने उनले बताएका हुन् ।

आइतबार राति सामाजिक सञ्जाल मार्फत ट्विट गर्दै ‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ !,’ भट्टराईले लेखेका छन् ।

उनले थपे पहिलो भेरिएन्टले संविधानको सशरीर हत्या गर्नै लागेको र दोश्रोले संविधानको आत्मा मार्ने गरी आउनसक्ने भएकाले अहिले नै ढुक्क भएर आ आफ्ना पार्टी वा गुटतिर नफर्कन नेताहरुलाई सुझावसमेत दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार