• शनिबार, असोज १० २०८३

भूमि आयोग खारेज गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट


आइतबार, साउन २४ २०७८
630
Shares


सर्वोच्च अदालतमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ।

विघटित भूमि आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका तर्फबाट अधिवक्ता महेश भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषदकव कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विपक्षी बनाइ आज दायर गरिएको रिट निवेदनमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गरिएको छ।

रिट निवेदनमा भूमिहित दलितको संवैधानिक हक र भूमिहीन सुकुम्बासीको कानुनी मार्गलाई अनिश्चिततापूर्वक ढंगले अवरुद्ध गर्ने गरी भएको मन्त्रिपरिषदको यही साउन १९ गतेको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको छ।

आयोग खारेज हुँदा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्धारित गर्ने प्रक्रियामा अवरोध पुगेको उल्लेख छ।

उक्त विवादमा विभिन्न चार रिट निवेदन अदालतमा दायर भइसकेको छन्। उक्त रिट निवेदन सुनुवाइका लागि सोमबार पेसी तोकिएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार