• बुधबार, साउन १३ २०८३

सरकारका साझा कार्यक्रमबारे बालुवाटारमा शीर्ष नेताबीच छलफल, आजै सार्वजनिक गरिने


आइतबार, साउन २४ २०७८
1.2K
Shares

सत्ता गठबन्धनबाट सरकार सञ्चालनका लागि बनाइएको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरिएको छ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले बनाएको प्रतिवेदन शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनमा रहेका दलका शीर्ष नेतालाई बुझाइएको थियो।

न्यनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई अन्तिम रूप दिएर आज सार्वजनिक गर्न लागिएको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जानकारी दिएको छ।

प्रतिवेदनबारे आज बिहान बालुवाटारमा प्रधानमन्त्री देउवा र गठबन्धनका शीर्ष नेताबीच छलफल पनि भएको थियो। छलफलमा सरकारका मन्त्रीहरू पनि सहभागी रहेका थिए।

उक्त प्रतिवेदन आज अपरान्ह ४ बजे सार्वजनिक गर्ने तयारी छ। कार्यदलले बुझाएको प्रतिवेदनलाई सरकारले आजै अपराह्न ४ बजे सार्वजनिक गर्ने कार्यदलका सदस्य सचिव केशवराज जोशीले बताए।

प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ। सरकारको न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकता, संघीयता सुदृढीकरण, मन्त्रीहरुको आचारसंहिता लगायत विषय समेटिएको छ ।

सरकारको प्रमुख प्राथमिकतामा रहेको कोरोना रोकथाम र नियन्त्रणका विषयलाई प्रतिवेदनमा मुख्यरूपमा समेटिएको छ।

गठबन्धनलाई कसरी दिगो बनाउने भन्ने विषय पनि प्रतिवेदनमा समावेश गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार