• बुधबार, साउन १३ २०८३

कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन


मंगलबार, साउन १९ २०७८
1.9K
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन्।

सरकारले अहिलेको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन समेत आग्रह गरेको छ ।

मंगलबार प्रधानमन्त्री देउवाले उर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले शाक्यलाई पदबाट हटेर सहयोग गर्न साथै प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार शाक्यले राजीनामा नदिए सरकारले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

अघिल्लो कार्यकालमा कुलमानले लोडसेडिङ हटाएका थिए भने लामो समय घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएका थिए।

उनको चार वर्षे कार्यकाल सकिएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनको पुनर्नियुक्त गरेको थिएन।

उनको ठाउँमा सुरूमा प्राधिकरणकै शाक्यलाई कायममुकायम कार्यकारी निर्देशक बनाइएको थियो भने पछि उनैलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार