• बुधबार, साउन १३ २०८३

निर्वाचन आयोगले खारेज गर्‍योे ४१ वटा राजनीतिक दलको दर्ता (सूचीसहित)


मंगलबार, साउन १९ २०७८
780
Shares


काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मंगलबार बसेको आयोगको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको बताए । अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको उनले जानकारी दिए ।

आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ ।

जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने प्रवक्ता श्रेष्ठले बताए ।

आयोगले दर्ता खारेज भएका दलका केन्द्रीय पदाधिकारी, सदस्यहरुको नामसहितको विवरण पनि सार्वजनिक गरेको छ ।

हेर्नुुस् सूची

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार