काठमाडौं । नेकपा माओवादी केन्द्रले साउन ३० गतेभित्र वडा कमिटीहरु गठन गर्न निर्देशन दिएको छ ।
छ हजार सात सय ४३ वटै वडामा वडा कमिटी गठन गर्न माओवादी केन्द्रको आज पार्टी कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले निर्देशन दिएको हो।


बैठकले २० साउनमा बोलाइएको केन्द्रीय कमिटी बैठकलाई १० दिनपछि सारेको छ । साथै ३० साउनभित्र पार्टीको वडा कमिटीहरु गठन गरेर अद्यावधिक विवरण सम्बन्धित कमिटीबाट लिएर आउन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
२३ फागुन २०७७ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो । तर त्यससता पार्टी कमिटीहरु गठन–पुनर्गठनको कामले प्राथमिकता पाउन नसकेको नेताहरु बताउँछन् ।