काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नेता विष्णु पौडेलले भेटेका छन् । नेता नेपाललाई भेट्न पौडेल कोटेश्वर पुगेका छन् ।
स्रोतका अनुसार उनीहरूबीच केहीबेर अगाडिदेखि भेटवार्ता भइरहेको छ।
पौडेल अध्यक्ष केपी शर्मा ओलीनिकट छन्। एमालेमा पार्टीभित्र आन्तरिक एकताका पहल भइरहेका छन्।
प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई साउन ३ मा ओली पक्षका ८ सहित २२ एमाले सांसदले विश्वासको मत दिएका थिए।
त्यसपछि ओली— नेपाल सम्बन्ध झन् बिग्रेको थियो।