• बुधबार, साउन १३ २०८३

कोरोना संक्रमण बढ्न थालेपछि सीसीएमसीको बैठक बस्दै


शुक्रबार, साउन १५ २०७८
605
Shares


काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ ।शुक्रबार अपरान्ह ४ बजेका लागि बैठक राखिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने छ । विहीबार मात्र ३ हजार ३ सय ६५ कोरोना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाणले पनि जानकारी गराएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार