• बुधबार, साउन १३ २०८३

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता


बिहिबार, साउन १४ २०७८
660
Shares


काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिहान सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो । भेटवार्ता सकेर प्रधानमन्त्री देउवा र प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्।

बुधबार बसेको सत्ता गठबन्धनको बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्ने र मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिने निर्णय गरेको थियो ।

बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल पक्षले भने सरकारमा सहभागी नहुने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार