काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफूहरु सरकारमा नजाने बताएको छ ।
प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए, जसमा नेपाल पक्षबाट डा. विजय पौडेल सहभागी थिए ।
बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए । पौडेलका अनुसार आफूहरु पार्टी एकताकै लागि प्रयास गरिरहेकाले तत्काल सरकारमा आउने सम्भावना नभएको बताएका छन् ।
बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार डा. पौडेलले आफूहरुलाई नकुर्न र मन्त्रिपरिषद विस्तार गर्न भनेको जानकारी दिए ।