• शनिबार, असोज १० २०८३

गण्डकी प्रदेश प्रमुखलाई गृहमन्त्री खाँणको बधाई


बुधबार, साउन १३ २०७८
770
Shares


गृहमन्त्री बालकृष्ण खाँणले नवनियुक्त गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरूङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

नवनियुक्त प्रदेश प्रमुख गुरूङलाई आज बिहान भेटेर गृहमन्त्री खाँणले सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरूङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको नवनियुक्त प्रदेश प्रमुख गुरूङ चितवन निवासी हुन्। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार