• बुधबार, साउन १३ २०८३

लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन


मंगलबार, साउन १२ २०७८
1.9K
Shares


नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।

मंगलबार आकस्मिक बसेको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए । शेरचनलाई हटाएर यसअघि केपी ओली नेतृत्वको सरकारले सीता कुमारी पौडेललाई गण्डकी प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

ओली नेतृत्वको सरकार हटेर बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख फेर्न तयारी गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार