गण्डकी प्रदेशमा नेपाली कांग्रेसले १ लाख १८ हजार ६ सय ३३ जना क्रियाशील सदस्य बनाएको छ ।
देशभर भने कांग्रेसका क्रियाशील सदस्य ८ लाख ५२ हजार ७ सय ११ जना छन् । यो संख्या अघिल्लो महाधिवेशनका भन्दा दोब्बर भएको कांग्रेसले जनाएको छ ।
कांग्रेसमा १४ औं महाधिवेशन हुँदैछ । त्यसकै सन्दर्भमा क्रियाशील सदस्य टुंगो लागेको हो ।