• बुधबार, साउन १३ २०८३

निर्मलाको हत्यारा चाँडो पत्ता लगाउन गृहमन्त्री र आईजीपीलाई प्रधानमन्त्रीको निर्देशन


सोमबार, साउन ११ २०७८
580
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बालुवाटार बोलाएर निर्मला पन्त हत्याकाण्ड प्रकरणका दोषी चाँडो लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । निर्मला हत्या प्रकरणको तीन वर्ष पूरा भएको दिन प्रधानमन्त्री देउवाले गृहमन्त्री र प्रहरी प्रमुखसँग अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी पनि लिएका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार