• बुधबार, साउन १३ २०८३

निर्मलाको हत्यारा पत्ता लगाउन कांग्रेस प्रवक्ता शर्माले गराए सरकारको ध्यानाकर्षण


आइतबार, साउन १० २०७८
615
Shares


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रवक्ता शर्माले कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको आज ३ वर्ष पुगेको दिन ट्वीट गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ध्यानाकर्षण गराएका हुन्।

‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो। प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ आज ट्वीट गर्दै शर्माले भनेका छन्।

पन्तको हत्यारा पत्ता लगाउन कांग्रेसले प्रतिपक्षमा हुँदा आवाज उठाएको थियो। ‘प्रतिपक्षमा छँदा हामीसँग प्रश्न थिए अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ,’ शर्माले भनेका छन्।

बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले ब्यहोर्दै आएकोमा त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै सामाजिक रूपान्तरणको साझा अठोट चाहिने शर्मा बताउँछन्।

‘निर्मलालाई न्यायसँगै कसैले पनि यस्तो नियति भोग्न नपरोस् विशेष तदारूकता बढाऔं,’ शर्माले भनेका छन्। २०७५ साउन १० गते निर्मलाको बलात्कारपछि हत्या भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार