काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई लक्षित गर्दै सबैलाई माफी दिएको घोषणा गरेका छन्।
नेकपा संस्थापक नेता पुस्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै सबैलाई माफी दिएको घोषणा गरेका हुन्।
उनले नेपाल समूहको नाम नलिइकन सबैलाई माफी दिएको घोषणा गरेका थिए।
‘कोही कतै बाटो बिराएर जानुभएको छ भने आउनुस् मैले माफी दिएँ,’ उनले भने।
बुधबार मात्रै ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएको बताएका थिए।
ओलीले बुधबार नै २२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। तर, बिहीबार भने उनले सबैलाई माफी दिने घोषणा गरेका थिए।