• शनिबार, असोज १० २०८३

ओली समूहको कार्यक्रम स्थलमा तोडफोड


बिहिबार, साउन ७ २०७८
640
Shares


मोरङको उर्लाबारीमा नेकपा एमालेको नगरस्तरीय विस्तारित बैठकमा तोडफोड भएको छ। उर्लाबारी— ८ स्थित एभरेष्ट फनपार्कमा बिहीबार दिउँसो तोडफोड भएको हो।

केपी ओली समूहले नगरसमिति घोषणा गर्ने र सदस्यता नवीकरण गर्ने भन्दै विस्तारित बैठक आव्हान गरेको थियो। उक्त भेला सुरू हुनुभन्दा अगाडि नै तोडफोड भएको एक स्थानीय नेताले बताए।

सो समूहका उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले विस्तारित बैठक आयोजना हुनुभन्दा अगाडि नै तोडफोड भएको जानकारी दिए।

कसले तोडफोड गरेको भन्ने खुलिनसकेकाले समूहको खोजी तथा पहिचान गर्न आफूहरू लागेको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार