• बुधबार, साउन १३ २०८३

नयाँ भेरियन्टको चर्चाले डर बढायो : प्रधानमन्त्री देउवा


बुधबार, साउन ६ २०७८
680
Shares


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने चर्चाले डर बढाएको बताएका छन् ।

कोरोनाका पुराना असरबाट उठ्ने प्रयत्न गरिरहेको बेला नयाँ भेरियन्टसहितको तेस्रो लहर आउन सक्ने विषयले सर्वसाधारणमा डर बढेको उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘हामी अहिले कोभिडका पुराना असरबाट उठ्ने प्रयत्नमा छौं । तर नयाँ भेरियन्टको चर्चाले डर बढेको छ ।’

प्रधानमन्त्री देउवाले कोरोना प्रभावित उद्योग व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउने बताए । कोरोना महामारीलाई परास्त गर्न सबैजना एकजुट हुनुपर्ने भन्दै उनले निःशुल्क खोप दिन सरकारले सबै प्रयास गर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार