• शनिबार, असोज १० २०८३

कांग्रेस महाधिवेशनमा ‘डिजिटल भोटिङ’ को तयारी


मंगलबार, साउन ५ २०७८
750
Shares

काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले जिल्लाबाटै डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधिको विकास गरेको छ । उक्त प्रविधिबाट पार्टीको आशन्न १४ औं महाविधेशनमा केन्द्र र सातवटै प्रदेशको ‘डिजिटल भोटिङ’ गर्न सकिने बताइएको छ।

‘कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ,’ विभागका सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उनले ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको तथा प्रविधिमार्फत् महाधिवेशनमै केन्द्र र सात प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता रहेको पनि बताए।

‘केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट सुरु गर्नु नपर्ने गरी विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार