• बुधबार, साउन १३ २०८३

पोखरा महानगरले मेयर जिसीको उपचारका लागि १० लाख दिने


मंगलबार, साउन ५ २०७८
685
Shares


पोखरा । पोखरा महानगरपालिकाले मेयर मानबहादुर जिसीको उपचार खर्चका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मस्तिष्कघात भएपछि उनको काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

पोखरा महानगरको मंगलबार बसेको ५१औं कार्यपालिका बैठकले मेयर जिसीको उपचारका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकम प्रकोप व्यवस्थापन कोषबाट उक्त रकम खर्च गर्ने निर्णय भएको महनगरका प्रवक्ता धनबहादुर नेपालीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

उनलाई शुक्रबार मस्तिष्कघात भएको पुष्टि भएपछि मणिपाल शिक्षण अस्पतालमा प्राथमिक उपचारपछि शुक्रबारै दिउँसो हेलीमार्फत काठमाडौं लगिएको थियो । उच्च रक्तचापका कारण नसामा असर परेको देखिएको थियो । नसाकै कारण उनको शरीरको देब्रे भागमा पनि समस्या देखिएको थियो ।

चिकित्सकको २४ घन्टे निगरानीमा पनि नसाको समस्या हल नभएपछि शनिबार शल्यक्रिया गरिएको थियो । मेयर जिसीको स्वास्थ्यअवस्था अहिले सुधारोन्मुख अवस्थामा रहेको सचिवालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार