• शनिबार, असोज १० २०८३

ओली भेट्न बालकाेट पुगे विप्लव


मंगलबार, साउन ५ २०७८
855
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ।

उनीहरुबीच मंगलबार बिहान भक्तपुरको बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको हो। महासचिव विप्लवले तस्बिर ट्वीटरमा शेयर गर्दै भेटवार्ताका बारेमा जानकारी दिएका छन्।

‘नेकपा एमाले अध्यक्ष केपी ओलीसँग राजनीतिक छलफल,’ उनले लेखेका छन्।

विप्लवले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँगै मोहन वैद्य ‘किरण’ लगायतका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार