• बुधबार, साउन १३ २०८३

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत


सोमबार, साउन ४ २०७८
480
Shares

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन्। आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ मत पाएका हुन्।

त्यस्तै देउवालाई ८३ जना सांसदले विश्वासको मत दिएनन्। एकजना सांसदले दिन्न भन्ने पक्षमा मतदान गरेका छन्। बैठकमा जम्मा २७० मध्ये २४९ सांसद उपस्थित थिए। 

देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका छन्। त्यस्तै एमालेको ओली पक्षका केही सांसदले पनि विश्वासको मत दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार