काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि पोखरा पुगेका नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकप्टरमार्फत काठमाडौं आएका छन् ।
दिवंगत कांग्रेस नेता एवं आफन्त रामजी कुँवरको १३ औं दिनको पुन्यतिथिको काममा सहभागी हुन उनी पोखरा पुगेका थिए ।

तर एक्कासी पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि उनी काठमाडौं आएका हुन् ।
उनी सडकमार्गबाट काठमाडौं आउँदै थिए। पोखराबाट पृथ्वीराजमार्ग हुँदै काठमाडौं आइरहे पनि पहिरोका कारण उनी दमौलीमा रोकिएका थिए। त्यस पछि उनी त्यहाँबाट हेलिकप्टरमार्फत काठमाडौं आइपुगेका छन् ।