• शनिबार, असोज १० २०८३

चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने


शुक्रबार, साउन १ २०७८
645
Shares


काठमाडौं । नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा चीन सरकारले निर्णय गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताएकी हुन्।

उनले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी दिएकी हुन्।

यसअघि चीलेन नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज आइसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार