• बुधबार, साउन १३ २०८३

बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बस्ने


शुक्रबार, साउन १ २०७८
630
Shares


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा बस्ने भएको छ ।

शुक्रबार दिउँसो दुई बजे पूर्वपदाधिकारीसहित बस्ने बैठकमा महाधिवेशनको तयारी, सरकारको प्रभावकारिताका बारेमा छलफल हुने जनाइएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको बताए । उनका अनुसार निर्वाचन निर्देशिका र क्रियाशील सदस्यताको विषयमा छलफल हुनेछ ।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिले अहिलेसम्म गरेको कामको विवरण पेश गर्ने र विवादित क्षेत्रको समस्या सुल्झाउन पदाधिकारीलाई जिम्मा लगाउने बुझिएको छ ।

सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति देउवा शुक्रबार बिहान सरकारी निवास बालुवाटार सरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार