• बुधबार, साउन १३ २०८३

खोप लिएर गोरखाको उत्तरी क्षेत्र चुमनुब्री पुगे मुख्यमन्त्री पोखरेल


शुक्रबार, साउन १ २०७८
765
Shares


गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली कोरोनाविरुद्रको भेरोसेल खोप लिएर आज (शुक्रबार) गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेका छन्।

चुमनुब्रीका लागि चाहिने ३ हजार खोप लिएर टोली हेलिकोप्टरमा गएका हुन्। माउन्टेन चाइल्ड संस्थाको सहयोगमा हेलिकोप्टरमार्फत् खोप चुमनुब्री पुर्‍याइएको हो।

चुमनुब्रीमा ३ हजार ५ सय खोप चाहिनेमा ५ सय जनाले यसअघि नै खोप लगाइसकेका छन्। अहिले चुमनुब्री पठाइएको खोप ३ हजार जनालाई नै उपलब्ध गराइने छ । दोस्रो डोजका लागि फेरि प्रदेश सरकारले खोप पुर्‍याउने छ।

खोपका साथमा मुख्यमन्त्रीसहितको टोलीले मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामग्रीसमेत लगेका छन् ।

टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङ, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा. दामोदर रेग्मी छन् ।

हेलिकोप्टरले पालिकाका ७ वटै वडाको केन्द्रमा खोप छाड्ने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार