• बुधबार, साउन १३ २०८३

बाबुराम भट्टराई र विप्लवबीच भेटवार्ता


शुक्रबार, साउन १ २०७८
860
Shares


काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका लागी पार्टीका नेता धर्मेन्द्र बाँस्तोलासहित विप्लव भट्टराईको निवास टोखामा शुक्रबार बिहान पुगेका हुन्।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार भेटमा समसामयिक राजनीति, केपी शर्मा ओली नेतृत्वको सरकारसँग विप्लव समूहले गरेको सहमति कार्यान्वयन लगायतका विषयमा छलफल भएको बताए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेका सहमति प्रधानमन्त्री शेरबहादुर देउवाबाट पूरा गराउन विप्लवले विभिन्न नेतामार्फत् पहल थालेका छन्।

विप्लवले बिहीबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग संयुक्त छलफल गरेका थिए । विप्लवका नेता तथा कार्यकर्ताहरू केही अझै जेलमै छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार