• शनिबार, असोज १० २०८३

सार्वजनिक यातायातमा वृद्धि गरेको भाडा तत्काल फिर्ता लिन पाँच विद्यार्थी संगठनको माग


बिहिबार, असार ३१ २०७८
690
Shares


काठमाडौं । ओली सरकारले यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न पाँच विद्यार्थी संगठनले सरकारसँग माग गरेका छन् ।

बिहीबार पाँच विद्यार्थी संगठनले विज्ञप्ति निकाल्‍दै यातायातमा बढाएको भाडा फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।

तत्काल भाडा फिर्ता नगरिए आन्दोलनमा उत्रने समेत पाँच विद्यार्थी संगठनले चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडाबृद्धि गरेको छ । सरकारको यो निर्णयले नेपालको विद्यार्थी आन्दोलनलाई आक्रोशित बनाएको छ । भाडा बृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं ।’

विद्यार्थी संगठनहरूले वृद्धि भएको भाडा कार्यान्वयनमा नल्याउन माग गरेका छन्। शुक्रबार यातायात व्यवस्था विभागमा ज्ञापन पत्र बुझाउने तयारी रहेको नेविसंघ महामन्त्री दीपक भट्टराईले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार