• बुधबार, साउन १३ २०८३

गोरखाबाट निर्वाचित साँसद रामशरण बस्नेतले सदनमा टेबल फालेपछि… (भिडियाेसहित)


बुधबार, असार ३० २०७८
840
Shares

पाेखरा । गोरखाबाट निर्वाचित साँसद रामशरण बस्नेतले प्रदेश सभाकाे टेबल फालिदिएका छन् । आज बजेट पारित गर्ने कार्यसूची अनुसार सभामुख नेत्रनाथ अधिकारीले बिनियोजन विद्येयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समयदिएपछि उनिसहित एमाले सांसद आक्रोशित बनेका थिए ।

एमालेले आफूहरुले अघि सारेको १० बुँदे पुरा नभएसम्म सदन चल्न नदिने बताउँदै सदन अवरुद्ध गरेको थियो । आजैमात्र  एमालेका कारण चारपटक संसद् बैठक अवरुद्ध भएको थियो । 

सरकारले उनीहरुका माग अहिले पूरा गर्न नसकिने भन्दै बजेट पारितको प्रयास गरेपछि एमालेले नाराबाजी गर्दै सदन अवरुद्ध गरेको थियो ।

सुरुदेखि नै अवरोध गरिरहेको एमालेले सदन चल्नै दिएन । लगातार तीन पटक सदन अवरुद्ध भएपछि मार्शल लगाएर सदन चलाईयो ।

तर एमाले सांसदहरु बसिरहेको कुर्ची छोडेर संसदको रोष्टम अघि नाराबाजीमा उत्रिए । त्यतिमा मात्रै रोकिएनन्, केहिबेर सत्तापक्ष र प्रतिपक्षी सांसदबीच भनाभन भयो । पुर्व मन्त्री तथा एमाले सांसद रामशरण बस्नेतले मन्त्रीको टेवुल नै नै फालिदिए ।

गोरखा क्षेत्र नम्बर १ काे प्रदेश ख बाट निर्वाचित बस्नेत यसअघिको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री थिए ।

एमालेको अवरोध बीच आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । आफ्नो कुरा नसुनेपछि एमाले सांसदहरु केहिबेर नाराबाजी गरेर सदनबाट बाहिरिएका थिए । आफ्नो सरकारको पालामा ल्याएका राम्रा योजनाको बजेट काटेकोमा उनीहरुको आपत्ति छ ।

भिडियाे

https://fb.watch/v/30FaQtid3/

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार