• बुधबार, साउन १३ २०८३

अब कहिल्यै लोडसेडिङ नहुनेमा जोड दिऔँ : ऊर्जामन्त्री भुसाल


बुधबार, असार ३० २०७८
590
Shares


नवनियुक्त ऊर्जामन्त्री पम्फा भुसालले अहिले लोडसेडिङको समस्या जल्दोबल्दो रुपमा रहेको भन्दै अब कहिल्यै लोडसेडिङ नहुनेमा जोड दिनुपर्ने बताएकी छिन् ।

मन्त्रालयमा बुधबार पदभार ग्रहण गर्दै उनले आफूबाट काममा कुनै पूर्वाग्रह नरहने भन्दै आफ्नो जोड परिणाममुखी कामतर्फ भएको बताइन् ।

‘काममा कुनै पूर्वाग्रह राख्दिन तर परिणाममुखी काम निकाल्नुपर्छ’, उनले भनिन्, ‘अहिले लोडसेडिङको समस्या जल्दोबल्दो छ । लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिऔँ। बिजुली बत्ती बाल्नै नपाउनेहरू छन् उनीहरूसँग बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्छ ।’

उनले आफूमा एकमात्रै स्वार्थ कसरी नतिजा निस्कने गरी काम गर्ने भन्नेतर्फ रहेको उल्लेख गर्दै भनिन्, ‘जनताको छोरी हुँ, जनताको जनयुद्धबाट यहाँसम्म आएको हुँ, काम गर्न सरल छ, मिलेर काम गरौं, जनताका काम गरौं मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरि काम गर्ने मात्र हो ।’

कृषि प्रधान देश भनिए पनि देशमा सिंचाईको समस्या ठुलो रहेको उल्लेख गर्दै मन्त्री भुसालले सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिंचाई पुर्याउनेमा लागिपर्ने बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार