• शनिबार, असोज १० २०८३

प्रधानमन्त्री देउवालाई बधाई दिन बुढानिलकण्ठ पुगे भारतीय राजदूत


बुधबार, असार ३० २०७८
1K
Shares


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई मित्र राष्ट्रहरू भारत र अमेरिकाले बधाई दिएका छन्।

काठमाडौंस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरीले देउवाको सपथ सकिनासाथ सामाजिक सञ्जालबाट देउवालाई बधाई दिएका थिए।

सामाजिक सञ्जालमा राजदूत बेरीले लेखेका छन्— नेपालस्थित अमेरिकी मिसनको तर्फबाट नवनियुक्त प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

बुधबार बिहान छिमेकी राष्ट्र भारतका राजदूतले प्रधानमन्त्री देउवालाई भेटेर बधाई दिएका छन्।

देउवालाई भेट्न काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा बिहान साढे १० बजेतिर बुढानिलण्ठस्थित निवासमा पुगेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार