• बुधबार, साउन १३ २०८३

एमालेद्वारा आज पनि गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध


बुधबार, असार ३० २०७८
685
Shares


पोखरा । प्रमुख प्रतिपक्षी दल एमालेले आज पनि गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेट न्यायोचित ढंगले वितरण नगरिएको भन्दै एमालेले संसद बैठक अवरुद्ध गरेको हो ।

एमालेको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक आधा घण्टालाई स्थगित गरेका छन् ।

आफूहरूले मुख्यमन्त्रीलाई बुधबार बिहान भेटेर १० बुँदे माग राखेको र त्यो पूरा नभएसम्म संसद बैठक चल्न नदिने अडान एमालेको छ ।

मुख्यमन्त्री पोखरेललाई आज भेटेर १० बुँदे ध्यानाकर्षण गराएकाले ती माग पूरा नभएसम्म संसद अघि बढ्न नदिने एमाले सांसद रामशरण बस्नेतले बताए ।

यसअघि २७ र २८ असारमा पनि एमालेले संसद अवरुद्ध गरेको थियो । एमालेले प्रदेश सरकारले रकमान्तर गरेको कारणसहित सम्पूर्ण फेरिस्त दिनुपर्ने माग गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार