• बुधबार, साउन १३ २०८३

विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर


बुधबार, असार ३० २०७८
670
Shares

काठमाण्डौ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित भएका छन ।

भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

बालुवाटारको ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

उहाँसँगै १ सय ७५ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । गच्छदार अदालतमा हाजिर भएपछि अब थुनछेकको प्रक्रिया अघि बढ्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार