गोरखा । नेपाल तरुण दल गण्डकी प्रदेश सदस्यमा गोरखाका कुबिर पौडेल मनोनित भएका छन् ।

जिल्लाको भिमसेन थापा गाँउपालिका— ५ का पौडेल तरुण दल गण्डकी प्रदेश सदस्यमा मनोनित भएका हुन् ।
नेपाली कांग्रेसका तरुण विभाग प्रमुख एवम् केन्द्रिय सदस्य शंकर भण्डारीले पौडेललाई प्रदेश सदस्यमा मनोनित गरेका हुन् ।
दललाई गतिशिल बनाउन महत्वपूर्ण योगदान गर्न समेत भण्डारीले अनुरोध गरेका छन् । पौडेल तरुण दल गोरखा क्षेत्र —०१ प्रदेश ‘ख’ का संयोजक पनि हुन् ।
