गोरखा । एमाले निकट जनबर्गिय संगठनले सर्वोच्वको फैसलाको बिरोध गरेका छन् । मंगलबार गोरखामा प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराको पुत्ला दहन गरेका छन् । सर्बोच्च अदालतले संसद पुनःस्थापना गरेको बिरोधमा एमालेका अनेरास्ववियु र युवा संघले संयुत्त रुपमा गोरखा सदरमुकामा पुत्ला दहन गरेका हुन् । सदरमुकामको बिसौनी मोड देखि सुरु भएको राँके जुलुशले लोकतान्त्रिक चोकमा आएर बिरोध प्रर्दशन सहित पुत्ला दहन गरेको हो ।
उनीहरुले प्रधान न्यायाधीश विरुद्ध चर्का नारा समेत लगाएका थिए । पुत्ला दहन पछि भएको कोण सभालाई नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं युवा संघ स्थायी कमिटी सदस्य खिलबहादुर रानाले प्रधानमन्त्री नियुत्ती गर्ने काम अदालतले होइन नभएको दाबी गरे ।
त्यस अघि मंगलबार दिउँसो युवासघंले सदरमुकाममा बिरोध ¥याली समेत निकालेको थियो । पार्टी कार्यलय चाइनिज धाराबाट सुरुभएको ¥याली बजार परिक्रममा पछि हरमटारी चोकमा आएर सभामा परिणत भएको थियो । एमालेमा आवद्ध युवा तथा विद्यार्थीहरुले सर्वोच्वको फैसला विरुद्धमा नाराबासी समेत गरेका थिए