• बुधबार, साउन १३ २०८३

प्रधानमन्त्रीमा शेरबहादुर देउवाले लिए शपथ


मंगलबार, असार २९ २०७८
720
Shares

PM Deuba addressing a programme in Kathmandu, on Tuesday, October 17, 2017. Photo: RSS

प्रधानमन्त्रीमा शेरबहादुर देउवाले शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा देउवालाई प्रधानमन्त्री पदको शपथ गराएकी हुन्। 

साँझ ६ बजे नै सपथ गराउने तय भएपनि नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेपछि देउवाले शपथ लिन अस्वीकार गरेका थिए। सोही कारण सवा दुई घण्टापछि शपथ भएको हो। 

बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरे पनि गत जेठ ७ गते राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइनन्।

उनले दाबी खारेज गरेपछि सर्वोच्चमा रिट दायर गरेका देउवालाई सोमबार सर्वोच्चले प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश जारी गरेको थियो।

यससंगै देउवा पाँचाै पटक प्रधानमन्त्री बन्न सफल भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार