• शनिबार, असोज १० २०८३

जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाको भयो : प्रधानमन्त्री ओली


मंगलबार, असार २९ २०७८
730
Shares


प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै जनताको जनादेश आफ्नो पक्षमा भए पनि अदालतको परमादेश शेरबहादुर देउवाका पक्षमा गएको बताएका छन्।

‘जनताको जनादेश त मेरो पक्षमा थियो तर परमादेश शेरबहादुरजीको पक्षमा भयो,’ ओलीले देशबासीका नाममा सम्बोधन गर्दै भने।

सर्वोच्चको परमादेशकै कारण आफूले सरकारबाट बाहिरिन लागेको उनले बताए।

सिंहदरबार छाड्नु अगाडि देशवासीका नाममा सम्बोधन गर्दै ओलीले सर्वोच्चको फैसला मान्ने पनि बताए। आफ्नो नेतृत्वमा विकास, परिवर्तन र रूपान्तरण तथा जनताले राहत महसुस गरेको पनि ओलीको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार