• बुधबार, साउन १३ २०८३

महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा


मंगलबार, असार २९ २०७८
745
Shares


काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् ।

बडालले आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुजाएका हुन् । महान्यायाधिवक्ता बडालको आजै बिदाइ हुनेछन् ।

सर्वोच्चले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

सर्वोच्चको फैसला अनुसार देउवाले आजै प्रधानमन्त्रीको शपथ लिँदै छन् ।

महान्यायाधिवक्ता राजनीतिक नियुक्ति भएकोले सरकार परिवर्तनसँगै बडालले राजीनामा दिएका हुन् ।

अग्निप्रसाद खरेलले राजीनामा दिएपछि ०७७ साल चैत ६ गते बडाल महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार