काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक दिउँसो एक बजेका लागी बोलाएका हुन् ।

बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलबीच भएको १० बुँदे सहमतिलगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र विघटित प्रतिनिधिसभालाई पुनःस्थापित गर्न परमादेश जारी गरेको थियो ।